अस्पतालको झ्यालबाट खसेर दृष्टिविहीन क्यान्सर बिरामीको मृत्यु


चितवन – चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजको तेस्रो तलाबाट खसेर एक बिरामीको मृत्यु भएको छ ।

हुप्सीकोट गाउँपालिका– २, घर भएको ७६ वर्षीय बलबहादुर खाम्चा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी दृष्टिविहीन र क्यान्सरका बिरामी समेत थिए ।

अस्पतालको झ्यालबाट खसेर गम्भीर घाइते उनको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए ।

मगर पिसाब थैलीमा क्यान्सर भएकोले अस्पतालमा उपचार गर्न आएका थिए ।

आज बिहान १० बजेर ४० बजे अस्पतालको झ्यालबाट खसेका थिए । उनी बाटो खोज्ने क्रममा झ्यालबाट लडेको सुचना प्रहरीमा पुगेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया