नेपाल प्रहरीका एआईजी सरुवाको तयारी, मेट्रोका लागि लिगलिगे दौड !


काठमाडौं – सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवाको तयारी गरेको छ ।

आगामी मन्त्रीपरिषद्बाट नेपाल प्रहरीका एआईजीको सरुवा गर्ने स्रोतले जनाएको छ ।

सरुवा गर्ने सूचना पाउनासाथ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) मा सरुवा भएर जानका लागि एआईजीहरु लागि परेको विशेष स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मेट्रोका एआईजी दिपक थापा सिआईबी जाने सम्भावना देखिएको छ ।

थापाले सिआईबी जाने सम्भावना बढेसँगै मेट्रोका लागि एआईजी सुदीप गिरी, टेकप्रसाद राई, नागरिकता काण्डमा मुछिएका भीम ढकाल र सुन काण्डमा मुछिएकी किरण बज्राचार्यले दौड सुरू गरेका छन् । तर, मेट्रो खाली भएको अवस्थामा सुदीप गिरीको सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।

त्यस्तै सिआईबीबाट श्याम ज्ञवाली हट्ने र उनको स्थानमा दीपक थापा जाने तयारीमा रहेको स्रोतले दाबी गरेको छ ।

नेपाल प्रहरीको एआईजीका लागि सिआईबी, मेट्रो र राष्ट्रिय प्रहरी प्रतिष्ठान आर्कषक मानिन्छन् ।

प्रतिक्रिया