देउवाले गरे कांग्रेस निकट महिला संघको भवन शिलान्यास


काठमाडौं – नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले नेपाल महिला संघको केन्द्रीय कार्यालयको भवन शिलान्यास गरेका छन् ।

सभापति देउवाले भवनको शिल्यानास गर्ने मौका पाउँदा आफूलाई सौभाग्यशालि ठानेको बताएका छन् ।

कति ठाउँमा शिलान्यास गर्ने तर भवन निर्माण नहुने समस्या रहेको भन्दै उनले भवन निर्माण गरि उद्घाटन नै गर्नका लागि शुभकामना दिएका छन् ।

उनले भने,‘यो भवनको शिलान्यास गर्ने मैले मौका पाएको छु ,त्यो मेरा लागि धेरै ठूलो सौभाग्यको कुरा पनि हो । प्राय के हुन्छ भने शिलान्यास गर्ने यत्तिकै छोड्ने पनि हुन्छ । त्यसैले मैले त अझ के भन्छु भने उद्घाटन गर्न बोलाउँनुहोस् शिलान्यास गर्न बोलाउँदै नबोलाउनुहोस् पनि भनेको छु । त्यसैले यो भवनको शिलान्यास मात्र होईन भवन निर्माण होस् र उद्घाटन गर्न पाईयोस् ।’

त्यस्तै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट अधिकार प्राप्तिका लागि पार्टीका महिला नेतृहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने, ‘यो संघीय लोकतान्त्रिक हुँदै गणतन्त्रात्मक संविधानबाट हामीले प्राप्त गरेको जुन अधिकारहरु छन् । ति अधिकार प्राप्त गर्नको लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरुले धेरै ठूलो योगदान पुर्याएका छन् ।’

प्रतिक्रिया