प्रधानमन्त्री ओली भन्छन्: सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन


काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा नभएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा नभएको बताएका हुन् ।

उनले भने, ‘सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयसमयमा परिवर्तन भइरहन्छ । तर, यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु-नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस् भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन । प्रधानमन्त्री त पहिले नै भइसकेको थिएँ ।’

प्रतिक्रिया