
ओलीको शपथपछि प्रचण्ड भन्छन्: देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो
काठमाडौं – निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको बताएका छन्।
सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहबाट फर्किएपछि निर्वतमान प्रधानमन्त्री प्रचण्डले झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्:
तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो। मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।



कागजपत्र |
