कीर्तिमानी शरतसिंह, जो बने १७औं पटक मन्त्री


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारी १७औं पटक मन्त्री बनेका छन् ।

भण्डारीलाई लोसपाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीका लागि सिफारिस गरेको हो । भण्डारी श्रममन्त्रीको शपथ लिएका छन् ।

२०४२ सालमा सहायक मन्त्रीबाट भण्डारीको मन्त्री बन्ने सिलसिला शुरु भएकोमा अहिले फेरी श्रममन्त्री सम्म आइपुगेको छ । उनले अहिलेसम्म स्थानीय विकासदेखि बिना विभागीय, खेलकुद मन्त्रालय, स्वास्थ्य, पर्यटन, रक्षा, उर्जा  जलस्रोत हुँदै श्रममन्त्रालयसम्मको जिम्मेवारी सम्हालेका छन् ।

भण्डारी एक मात्र यस्ता नेता हुन् जो कुनै व्यवस्था वा सरकार परिवर्तन हुँदा अवसरबाट बन्चित भएका हुन् ।

प्रतिक्रिया