

सरकार फेरबदलसँगै सुनको मूल्य पनि अहिलेसम्मकै उच्च

काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो ।
यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यपनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १,८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

