अन्तत: बालेनलाई न्यूरोडमा फुटपाथ विस्तार गर्ने बाटो खुल्यो


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको कामलाई निरन्तरता दिन पाउने भएका छन् ।

बालेनले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय काठमाडौंको अवरोधपछि रोकिएको थियो ।

त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । जसअन्तर्गत अदालतले आदेश दिँदै महानगरको माग बमोजिमकै फैसला दिएको छ ।

अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरले गरेको माग बमोजिमको अन्तरिम आदेश दिएपछि सडक विस्तारको कामलाई निरन्तरता दिन पाउ बाटो खुलेको हो ।

प्रतिक्रिया