गण्डक ब्यारेजबाट निकालियो महिलाको शव, अर्को निकाल्ने प्रयास जारी


काठमाडौं – पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको १ नम्बर ढोकाबाट एक महिलाको शव निकालिएको छ भने ६ नम्बर ढोकामा अड्किएको शव निकाल्ने प्रयास जारी रहेको छ ।

आइतबार राति नै ती शव देखिए पनि सोमबार बिहान निकालिएको हो । प्रहरी चौकी त्रिवेणीका अनुसार आइतवार राति सवा ८ बजे गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा फेला परेका थिए ।

शव नबगोस् भनेर रातिबाटै ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो । ती शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

शुक्रबार बिहान साढे ३ बजेतिर नारायणगढ-मुग्लिन सडकअन्तर्गत भरतपर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी दुईवटा बस त्रिशूली नदीमा हराइरहेका छन् ।

प्रतिक्रिया