गृहसचिव र प्रहरी महानिरीक्षकले गरे सिमलताल क्षेत्रको स्थलगत अवलोकन[तस्बिरसहित]
काठमाडौं- गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिव तथा वरिष्ठ प्रहरी अधिकृतको उपस्थित रहेका थिए ।
शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ । दुवै बसमा रहेका ६५ यात्रु मध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ । अहिलेसम्म ६ जनाको शव भेटिएको छ ।