प्रचण्डलाई योगेशले भने, ‘झिक तुलो जोखौं आज कस्को मायाँ कति ?’


काठमाडौंं — नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले माया नगरेको होइन, आवश्यकता भन्दा धेरै माया गरेको बताए ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद भट्टराईले माओवादीलाई एमालेले जति साथ कसैले पनि नदिएको जनाउँदै उदितनारायण झाले गाएको ‘कस्ले देला तिम्लाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कस्को मायाँ कति ?’ बोलको गीत सम्झाएका छन् ।

साथै सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठुला शक्तिहरुमा मेलमिलाप हुदा देशलाई ठुलो उपलब्धि हुने बताए ।

 

प्रतिक्रिया