
त्रिसुलीमा ५१ जना बेपत्ता, ३ जना सकुशल : प्रहरी
काठमाडौं– चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको एञ्जल डिलक्समा ५४ जना सवार रहेको खुलेको छ ।
प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार चालक,सहचालक र यात्रु गरि दुवै बसमा ५४ जना सवार रहेको खुलेको छ ।
बसमा रहेका तीनजना यात्रुले भने हाम फालेर ज्यान जोगाएका थिए ।
कार्कीले भने,‘टिकट काटेर चढेका यात्रुको संख्या यहि नै हो । कोही बाटोबाट चढेको भए त्यसको विवरण प्राप्त छैन् ।’
प्रहरीको आधिकारिक विवरणअनुसार बसमा सवार ५१ जना अझै भेटिएका छैनन् । उनीहरुको खोजी कार्यमा सुरक्षाकर्मी सक्रिय छन् ।
आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो ।



कागजपत्र |
