
असार मसान्तभित्र भुक्तानी नदिए आन्दोलनमा उत्रिने निर्माण व्यवसायीको चेतावनी
काठमाडाैं- नेपाल निर्माण व्यवसायी महासंघले असार मसान्तसम्म पनि आफुहरुको भूक्तानी नभए निर्णायक संघर्ष गर्ने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आर्थिक वर्ष समाप्त हुनै लाग्दा पनि व्यवसायीहरुको अरवौं रकम भूक्तानी हुन बाँकी रहेकाले रकमान्तर गरि अहिलेसम्मको बाँकी रकम असार मसान्त भित्र भुक्तानी गर्न सरकारसंग माग गरेको हो ।
महासंघले सरकारले विगत दुई वर्षदेखि निर्माण व्यवसायीहरूले पाउनु पर्ने भुक्तानी नगरेको बताएको छ । महासंघले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षका आयोजना निर्माण कार्य सम्पन्न गरेबापतको ६० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी रहेको जानकारी दिइएको हो ।





कागजपत्र |
