
गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक, तलब कति ?
काठमाडौं- गौतम गम्भीर भारतीय राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
पूर्वक्रिकेटर गौतम भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले जानकारी दिए । भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको हालै सम्पन्न टी–२० विश्वकपपछि कार्यकाल सकिएको छ ।
गौतम आईपील टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल पनि जितेको थियो ।
गौतम गम्भीरले टिम इन्डियाको प्रशिक्षकको रुपमा वार्षिक १२ देखि १५ करोड भारु पारिश्रमिक पाउने बताइएकाे छ । यसअघि टीम इन्डियाका प्रशिक्षक राहुल द्रविडलाई बीसीसीआईले वार्षिक १२ करोड भारु तलब दिएको थियो । बीसीसीआईले राहुल द्रविडको तुलनामा गौतम गम्भीरलाई बढी तलब दिने बताइएको छ ।



कागजपत्र |
