मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गर्ने म्याद थपियो


काठमाडाैं- मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले पीडितहरूबाट उजुरी सङ्कलन गर्ने म्याद १० दिनका लागि थप गरेको छ । आयोगले आज सार्वजनिक सूचना निकालेर १० दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन फारम दर्ता गर्न भनेको हो ।

पीडितले भर्नुपर्ने पाँच पृष्ठको निवेदन गृह मन्त्रालयको वेबसाइट www.moha.gov.np मा राखिएको छ । पीडितले त्यसलाई प्रिन्ट गरेर फारममा उल्लेख भएका विवरणहरू भरेर अबको १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया