एमालेबाट को बन्दैछन् अर्थमन्त्री ? यी हुन् मन्त्रीका प्रबल दाबेदार


काठमाडौं–कांग्रेस–एमाले नयाँ सत्ता गठबन्धनको सहमतीअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दैछन् ।

आलोपालो सहमतीमा ओली पहिलो चरणमा प्रधानमन्त्री बन्न लागेका हुन् ।

समहतीअनुसार एमालेले प्रधानमन्त्रीपछि बलियो मानिएको अर्थमन्त्रालयसहित ९ मन्त्रालय पाउनेछ ।

एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल र शंकर पोखरेलको सम्भावना बढी देखिएको छ ।

एमाले स्रोतका अनुसार अध्यक्ष ओलीले यसपटक सकेसम्म पुष्पकमल दाहाल नेतृत्वको अहिलेको सरकारमा रहेकालाई दोहर्याउने सम्भावना निकै कम छ ।

ओलीले केही नयाँ अनुहारलाई समेत मन्त्री बनाउन चाहेको पदाधिकारीहरु बताउँछन् ।

एमालेबाट मन्त्री बन्ने प्रबल दाबेदारमा योगेश भट्टराई, गोकर्ण विष्ट, पदम गिरी, छविलाल विश्वकर्मा, गणेश ठगुन्ना, तारालामा तामाङ, जुलि महतो, विद्या भट्टराई, पृथ्वीसुब्बा गुरुङ मन्त्री बन्ने लाइनमा छन् ।

यसबाहेक उर्मिला थेवे, वसन्त नेम्वाङ, सुनिता बराल पनि मन्त्री बन्ने लाइनमा छन् ।

त्यसका साथै गोकुल बास्कोटा पनि मन्त्री बन्ने जनाइएको छ ।

ओलीले माधव नेपालको समुहबाट विद्रोह गरेर आएकामध्ये एकजनालाई मन्त्री बनाउने सम्भावना छ ।

अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बलियो छ । तर महासचिव शंकर पोखरेलले पनि अर्थमा जान इच्छा देखाएको नेताहरु बताउँछन् ।

र यो पनि…

कांग्रेसबाट को बन्ला गृहमन्त्री ? यी हुन् सम्भावित मन्त्रीहरु

प्रतिक्रिया