सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार


काठमाडौँ – सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका-६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरू सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्मद हाकिम र ३५ वर्षीय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरू नदीको बीच भागमा फसेका थिए ।

बीचमा फसेका उनीहरूको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले ट्युब बोटको सहायताले उद्धार गरेको हो ।

यस्तै कल्याण नगरपालिका-२ स्थित कमला नदीको बीच भागमा फसेका २ जनाको सशस्त्र प्रहरीले बिहान दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ ।

धनुषा जिल्लाको कमला नगरपालिका-७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण नदीमा फसेका थिए ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उनीहरू उक्त जेसीबीका चालक तथा सह-चालक रहेका छन् ।

प्रतिक्रिया