अम्बानीका छोराको बिहेमा विनोद चौधरीलाई निम्तो


काठमाडाैं- भारतीय अर्बपति मुकेश अम्बानीले आफ्ना छोराबुहारीको विवाह उत्सवमा नेपालका एक मात्र अर्बपति विनोद चौधरीलाई निमन्त्रणा दिएका छन् ।  चौधरीले निमन्त्रणाका लागि अम्बानीलाई सामाजिक सञ्जालबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।  तर, विवाह समारोहमा चौधरी उपस्थित नहुने भएका छन् । उनले आफ्ना छोराबुहारी चाँही विवाह समारोहमा उपस्थित हुने जनाएका छन् ।

मुकेश अम्बानीको कान्छा छोरा अनन्तको विवाह १२ जुलाईमा राधिका मर्चेन्टसँग मुम्बईमा हुँदैछ । तीन दिन लामो यो विवाहको दोस्रो दिन यही जुलाई १३ गते शुभ आशीर्वाद कार्यक्रमको आयोजना गरिएको छ ।

जुलाई १४ मा रिसेप्शन हुनेछ ।  जसमा विश्वभरका भीभीआईपी अतिथिहरू सहभागी हुनेछन् । तीन दिनको यी कार्यक्रमहरू मुम्बईको जियो वर्ल्ड सेन्टरमा मात्र हुनेछन् ।

अनन्तको विवाहअघि संगीत समारोह सुरु भैसकेको छ । अन्तर्राष्ट्रिय गायक जस्टिन बिबरलेसमेत आएर प्रस्तुति दिइसकेका छन् ।

प्रतिक्रिया