शिथिल भएको अर्थतन्त्रलाई गति दिन काँग्रेस-एमाले गठबन्धन : ओली


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली काँग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न काँग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको बताए ।

उनले मुलुकको संकट समाधानका लागि काँग्रेससँग मिलेर सरकार बनाउन लागिएको बताए । अध्यक्ष ओलीले एमालेले काँग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे ।

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए ।

उनले प्रधानमन्त्री दाहाललाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे ।

प्रतिक्रिया