भोलिदेखि वर्षाको मात्रा घट्ने


काठमाडाें-  लगातार परिरहेको पानी सोमबारदेखि क्रमशः कम हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागले आइतबार दिउँसो विशेष मौसम बुलेटिन जारी गरेर मनसुनी न्यूनचापीय रेखा सोमबारदेखि दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने जनाएको छ ।

पछिल्ला तीन दिन मनसुनी न्यूनचापीय रेखा नेपाल नजीक भएकाले देशैभरि वर्षा भएको थियो। कतिपय ठाउँमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित पनि भएको छ।

सोमबारदेखि वर्षाको क्रम थामिए पनि कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा अत्यधिक वर्षाको सम्भावना भने यथावत् छ । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

प्रतिक्रिया