सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले राजीनामा नदिने, विश्वासको मत माग्ने


काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा नदिने भएका छन् । अल्पमतमा परेका उनले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गरेका छन् ।

एमालेले सर्मथन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका थिए । अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले साउनमा विश्वासको मत लिने सत्तारुढ दलका नेताहरुलाई जानकारी गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको साथ चाहिन्छ ।

तर एमालेले समर्थन फिर्ता लिएकाले उनको बहुमत पुर्याउनसक्ने अवस्था देखिदैन् ।

प्रदेशसभामा कांग्रेसका १८ र एमालेका ११ जना सासंद छन् । जुन सरकार गठनका लागि पर्याप्त देखिन्छ ।

प्रतिक्रिया