बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो


काठमाडौं– सप्तकोशीमा बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि सबै ढोका खोलिएको हो ।
प्रहरीका अनुसार पानीको बहाव अत्यधिक बढेकाले आज बिहान ९ बजेदेखि सबै ढोका खोलिएको छ ।
प्रतिसेकेन्ड नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले ३ लाख ६८ हजार क्यूसेक पानी बगिरहेको छ ।
यसअघि २०७६ असार २९ मा ब्यारेजका सबै ढोका खोलिएको थिए ।

प्रतिक्रिया