इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले गर्यो टिम घोषणा


एजेन्सी – इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि भारतले टोलीको घोषणा गरेको छ ।

सिरिजका लागि भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतीय टोलीको उपकप्तानमा रोहित शर्मा रहेका छन् । टोलीमा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त, केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय छन् ।

यस्तै टोलीमा वासिङ्गटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार,मोहमद सिराज, प्रशिद्द कृष्ण र शार्दुल ठाकुर पनि रहेका छन् । भारत र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । दुई टोलीबीच अहिले टी–ट्वान्टी सिरिज भइरहेको छ । पाँच टी–ट्वान्टी सिरिज २–२ को अवस्थामा छ ।

प्रतिक्रिया