मुग्लिन–मलेखु सडक अवरुद्ध


मुग्लिन– अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

उनले भने, ‘अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।’

प्रहरी निरीक्षक भण्डारीले चुम्लिङटारमा खसेको पहिरो पन्छाइसकेको बताए।

प्रतिक्रिया