काठमाडौं उपत्यकामा आज दिनभरी पानी नरोकिने


काठमाडौं – गएरातिदेखि काठमाडौं उपत्यकासहित देशका अधिकाशं स्थानमा वर्षा जारी छ । अविरल वर्षाका कारण उपत्यकाका खोलाहरुमा बाढी आएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घन्टामा पानीपोखरीमा ७६.२ मिलिमिटर, कीर्तिपुरमा १०२ मिलिमिटर, नैकापमा ९७.६ मिलिमिटर, कपनमा ५८.४ मिलिमिटर, सुन्दरीजलमा ५५.२ मिलिमिटर वर्षा मापन भएको छ ।

यसबाहेक धापमा ८५ मिलिमिटर, ललितपुरको टीकाथलीमा ८०.६ मिलिमिटर, लेलेमा १३७ मिलिमिटर वर्षा मापन गरिएको छ ।

मौसमविदहरुका अनुसार आज दिनभर उपत्यकामा पानी पर्नेछ । केही समय रोकिएपनि तत्काल वर्षा सुरु हुने मौसमविद्हरुको भनाई छ ।

प्रतिक्रिया