अविरल वर्षाले हवाई उडान प्रभावित


काठमाडौं– पछिल्लो केही घण्टायताको अविरल वर्षाका कारण हवाई उडानहरु प्रभावित भएका छन् ।

वर्षाले भिजिबिलिटी कम भएपछि हवाई उडानहरु प्रभावित भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तर्फको उडानमा डिले भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

जसका कारण विहान ७ बजेदेखि आन्तरिक उडानहरु डिले भएका छन् ।

अन्तर्राष्ट्रिय उडान भने नियमित छन् ।

प्रतिक्रिया