नेपाली कांग्रेसको संसदीय दलको बैठक आज


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा दिउँसो ३ बजे दलको बैठक बस्न लागेको हो ।

बैठक पछिल्लो राजनीतिक घटनाक्रमा केन्द्रित हुने बताइएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको छ ।

एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते सदनमा विश्वासको मत लिने भएका छन् । सदनमा कसरी प्रस्तुत हुनेलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया