गृहमन्त्री लामिछानेविरूद्धको रिटमा जवाफी बहस आज


काठमाडौं – गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिटमा बिहीबार (आज) पनि सुनुवाइ हुने भएको छ। रिटमा जवाफी बहस मात्र हुनेछ।

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो। अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयलेउजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो। कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए।

कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता ‘हेर्दाहेर्दै’मा राखिएको छ।

प्रतिक्रिया