सुदूरपश्चिम माओवादीलाई प्रचण्डको लिखित निर्देशन : खगराजलाई तत्काल दल नेता बनाउनु (पत्रसहित)


काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न लिखित निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्धारा पत्रमा यस्तो दिर्नेशन दिइएको छ ।

पत्र पार्टीको नाममा लेखिएको छ ।

यसअघि असार पहिलो साता सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका थिए ।

तर मौखिक निर्देशनको पालना नभएपछि उनले लिखित निर्देशन दिएका हुन् ।

भट्ट यसअघि दल नेता थिए । तर उनलाई अल्पमतमा पार्दै मानबहादुर धामी दल नेता चुनिएका थिए । पछिल्लो समय पार्टी र दल दुवैबाट भट्टको भूमिका खोसिएपछि उनी मौन बसेका थिए । भट्टलाई दल नेताबाट हटाएपछि पार्टीको स्थायी समिति बैठकमा समेत त्यसबारे चर्को बहस भएको थियो ।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् । १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन् ।

यस्तो छ पत्र

प्रतिक्रिया