एमालेका मन्त्रीहरु सामूहिक राजीनामा दिन बालुवाटार हिँडे
काठमाडौं – नेकपा एमालेका मन्त्रीहरू समूहिक राजीनामा बुझाउन बालुवाटार हिडेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट उनीहरु प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउन हिडेका हुन् ।
कांग्रेस एमाले गठबन्धन बन्ने सहमति भएपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।
एमालेबाट रघुवीर महासेठले उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालयसहित सरकारको नेतृत्व गरिरहेका छन् ।
त्यस्तै, पदम गिरी कानुन, ज्वाला साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, भगवती चौधरी महिला, राजेन्द्र राई खानेपानी, हरिप्रसाद उप्रेती रक्षामन्त्री छन् ।