काठमाडौंको सोह्रखुट्टेमा सडक भासिँदा मोटरसाइकल खाल्डोमा खस्यो


काठमाडौं- काठमाडौंको सोह्रखुट्टेमा सडक भासिँएको छ ।

बुधबार बिहान ५ बजेतिर सडक भासिएको र खाल्डोमा एउटा मोटरसाइकल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा सवार दुवै जना सकुशल छन् ।

खाल्डोभित्र खसेको मोटरसाइकललाई पनि प्रहरीले बाहिर निकालेको छ ।

प्रतिक्रिया