मध्यरातमा शीतल निवास पुगे देउवा र ओली


काठमाडौं-  कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका छन् ।

दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला शीतल निवासमा छलफल भइरहेको छ ।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने कुरामा दुई दलले करिब सहमति जुटाइसकेका छन् । राष्टपतिसँग आवश्यक परामर्शपछि मंगलबार नै नयाँ सरकारका लागि ठोस निर्णय लिइने भएको छ ।

कांग्रेसका तर्फबाट सभापति देउवासहित प्रमुख सचेतक रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्की त्यसैगरी एमालेबाट अध्यक्ष ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरू शीतल निवास पुगेका छन् ।

प्रतिक्रिया