आर्थिक विधेयक २०८१ पारित


काठमाडौँ – प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८१ पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले बहुमतले पारित गरेको हो ।

यो विधेयकमा पाँच वटा संशोधन प्रस्ताव गरेको थियो । नेपाली काँग्रेसका सांसद आरजु राणा, दिलेन्द्रप्रसाद बडू, डा. प्रकाशशरण महत र श्यामकुमार घिमिरेले संयुक्त रूपमा संशोधन राखेका थिए ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्ताव राखेका थिए । पाँच वटै संशोधन प्रस्तावलाई सभाले बहुमतले अस्वीकार गरेको छ ।

प्रतिक्रिया