भरतपुरस्थित होटलमा मृतावस्थामा फेला परे चिनियाँ नागरिक


चितवन – चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत फेला परेका छन् ।

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिन आज बिहान मृत फेला परेका हुन् ।

यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र रहेको बाथरूममा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

 

प्रतिक्रिया