चैत तेस्रो हप्ताभित्र गाडी भाडा बढाउन व्यवसायीको माग, नबढाए गाडी थन्क्याउने चेतावनी


काठमाडौं – पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।

 

प्रतिक्रिया