मरिच, केराउ, छोकडा र सुपारीको बन्देज फूकुवा


काठमाडौं – सरकारले अतिआवश्यक बाहेकका वस्तुहरुमा लगाएको बन्देज मध्ये मरिच, केराउ, छोकडा र सुपारीको बन्देज फूकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा फागुन २५ गते बसेको बैठकले पूर्ण बन्देजलाई हटाउँदै परिमाणात्मक बन्देज लगाएको हो ।

मन्त्रिपरिषद्ले पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाएको मन्त्रालयकी उपसचिव एवं सह प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । गत असोजमा मन्त्रालयले चालु आर्थिक वर्षमा १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

कोरोना महामारीका कारण देशव्यापी लकडाउन सुरु भएपछि सरकारले धेरै आयात हुने अतिआवश्यक बाहेकको वस्तुहरु मदिरा, मरिच, केराउ, छोकडा र सुपारी लगायतको आयातमा पूर्ण बन्देज लगाएको थियो ।

 

प्रतिक्रिया