गुयानामा भारी वर्षा, तनावमा इङल्याण्ड


काठमाडाैं- जारी टी- २० विश्वकपको दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने तय भएकाे छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

यो खेल जितेर दुवै टोली फाइनलमा पुग्न चाहन्छन् । तर, यो खेलमा भारी वर्षा हुने सम्भावना रहेकाे छ । सामाजिक सञ्जालमा मैदानमा भारी वर्षा भइरहेको तस्विर सार्वजनिक भएको छ । गएको केही दिनदेखि गुयानामा परेको पानीका कारण जमिन निकै भिजेको छ ।

वर्षाका कारण खेल रद्द भएमा इंग्ल्याण्डको समस्या बढ्नेछ । यसबाट भारतलाई फाइदा हुनेछ । यदि सेमिफाइनल  रद्द भयो भने, भारत सेमिफाइनल नजितेर विश्वकपको फाइनल खेल्ने दोस्रो टोली बन्नेछ । किनकी भारत समूह १ मा शीर्ष स्थानमा छ भने इङल्याण्ड समूहको दोस्रो स्थानमा छ ।

साही विषयमा इङल्याण्डका पूर्व दिग्गज कप्तानले  मैदानमाथि प्रश्न उठाएका छन् ।  पूर्व क्रिकेटर माइकल भनले लेखेका छन्,’ “यो मनसुन सिजन हो, भारी वर्षाको खतरा छ। म बुझ्छु तर पूरै आउटफिल्डमा किन यति कम कभर छ ?”

 

प्रतिक्रिया