मनसुन सुरु भएको दुई सातामै २८ जनाले गुमाए ज्यान


काठमाडौं- मनसुन भित्रिएकाे दुईसातामै देशभरमा २८ जनाले ज्यान गुमाइसकेका छन् ।  गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

जसमध्ये पहिरोबाट १४, चट्याङबाट १३ र बाढीबाट एकजनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ भने १० वटा घर आंशिक क्षति भएको छ । यस्तै चट्याङबाट ६८ वटा घटना भएको र  २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।

मन्त्रालयले  विपद्बाट ३३ जिल्ला प्रभावित भएकाे जनाएकाे छ । ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायतका जिल्ला बढी प्रभावित भएका हुन् ।

 

प्रतिक्रिया