२४ सदस्यीय एमाले संसदीय बोर्डमा नेपाल–खनालबाहेक सबै ओली पक्षका


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेले संसदीय बोर्ड गठन गरेको छ।

विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

संसदीय दलका नेता प्रधानमन्त्री ओली, उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य छन्। यी बाहेक शेरबहादुर तामाङलगायतका सांसद पनि बोर्डमा राखिएको छ।

ओलीइतर समूहका भने बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाललाई पनि बोर्डमा सदस्यका रुपमा राखिएको छ। ‘अहिले कसैलाई कारबाही गर्ने कुनै प्रकारको छलफल चलेन, संसदीय बोर्ड र विधान संशोधनका लागि कार्यदल गठन भयो’, बैठकपछि तामाङले भने,‘७ गतेको बैठकले संशोधित विधान अनुमोदन गर्नेछ।’

प्रतिक्रिया