प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी,राउत र श्रेष्ठ मन्त्री बन्दै


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल पुर्नगठनको तयारी गरेका छन् ।

तीनदेखि चार दिनभित्रै उनले दुईजना नयाँ मन्त्री नियुक्त गर्न लागेका हुन् ।

तत्काल सरकारमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट १-१ जना मन्त्री बन्नेछन् ।

जनमत र नागरिक उन्मुक्ति स्रोतका अनुसार सो पार्टीबाट अध्यक्ष सिके राउत र रञ्जिता श्रेष्ठ मन्त्री बन्नेछन् ।

रञ्जिताको पर्यटनमन्त्री बन्ने टुङ्गो लागिसकेको छ भने राउतको मन्त्रालय टुङ्गीन बाँकी छ ।

राउत सरकारमा सहभागि भए हाल सरकारमा रहेका एकजना मन्त्री फिर्ता हुनेछन् भने रञ्जिता मन्त्री बन्दा माओवादीका हितबहादुर तामाङ पर्यटनमन्त्रीबाट फिर्ता हुनेछ ।

प्रधानमन्त्रीले दुवैलाई बालुवाटार बोलाएर ३ देखि ४ दिनभित्रै मन्त्री नियुक्त गर्ने बचन दिएका छन् ।

आजमात्रै उनीहरुले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका छन् ।

प्रतिक्रिया