बिहेबाट एउटै मोटरसाइकलमा फर्कदै थिए, दुर्घटना हुँदा पाँचजनाको परिवार सिद्धियो


काठमाडाैं- भारतको उत्तर प्रदेशको प्रयागराजमा भएको सडक दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशको जौनपुरका एक परिवार विवाहमा सहभागी भएर माेटरसाइलमा  प्रयागराजको सरयाम्मारेज फर्कदै थिए । साेही  क्रममा दुर्घटना हुँदा पूरै परिवार ध्वस्त भएकाे हाे । तीव्र गतिमा आएको ट्रकले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा सबैको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ।

सडक दुर्घटनामा आमा, श्रीमान्-श्रीमती र दुई छोराछोरीको ज्यान गएकाे हाे । मृत्यु हुनेको नाम विकास, समरी, दिवाना, लक्ष्मी रहेको छ भने एक बालकको उमेर ८ महिना मात्र रहेको छ । उनीहरू सरायमा भएकाे एक विवाहमा सहभागी भएर  जोनपुरस्थित आफ्नो घरतर्फ फर्कदै गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।  दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री आदित्यनाथ योगीले राहत कार्यलाई तिब्रता दिन प्रशासनलाई निर्देशन दिएका छन् ।

 

प्रतिक्रिया