अब बिहे नगर्ने महिलालाई मासिक १५ सय भत्ता !


काठमाडौं– खोटाङको रावा बेंसी गाउँपालिकाले अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।

आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ । अब आगामी आर्थिक वर्षबाट ५० वर्ष पुगेका अविवाहित महिलालाई पनि मासिक १५ सय भत्ता दिने गरी नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।

रावा बेसी गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/०८२ को अनुमानित कुल बजेट ४० करोड ६३ लाख, ५८ हजार रहेको गाउँपालिका उपाध्यक्ष कौशिलाकुमारी गुरुङले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया