टी-२० विश्वकपः अफगानिस्तानविरूद्ध अस्ट्रेलियाका प्याट कमिन्सको दुर्लभ ह्याट्रिक

१४९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ३२ रनमै गुमायो तेस्रो विकेट


काठमाडौं – अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले आईसीसी टी-२० क्रिकेट विश्वकपकपमा कीर्तिमानी ह्याट्रिक विकेट लिएका छन् ।

कमिन्सले आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर-८ को खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाए ।

कमिन्स टी-२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने एकमात्र खेलाडी हुन् । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए ।

सेन्ट भिनसेन्टस्थित अर्नो भेल स्टेडियममा जारी खेलमा कमिन्सले १८औं ओभरको अन्तिम बलमा अफगानिस्तानका कप्तान रासिद खानलाई आउट गर्दै पहिलो विकेट लिएका थिए । त्यसपछि २०औं ओभरमा उनले पहिलो बलमा करिम जन्नत र दोस्रो बलमा गुल्वादिन नैवलाई आउट गर्दै ह्याट्रिक विकेट पूरा गरेका थिए ।

अष्ट्रेलियाले १४९ रनको लक्ष्य पछ्याउने क्रममा ३२ रन बनाउँदा ३ विकेट गुमाइसकेको छ ।

 

प्रतिक्रिया