डुम्रे–बेंसीसहर सडक पुनः अवरुद्ध
लमजुङ – गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेंसीसहर सडक अवरुद्ध भएको छ ।
यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका– १ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईंले पानी परिरहेका र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताए ।
सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जाने–आउने र बेंसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौं यात्रु अलपत्र परेका छन् ।
यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।