नक्कली प्रहरीले भक्तपुरका व्यवसायीको घरबाट दुई करोड लुटे


काठमाडौं- भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । मंगलबार राति आफूलाई प्रहरी बताउने एक समुहले खानतलासीका लागि भन्दै दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

सीसीटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका एसपी देव विष्टले जानकारी दिए । हालसम्म उक्त समुहका कोही पक्राउ नपरेको उनले बताए ।

 

प्रतिक्रिया