

राम मन्दीर परिसमा गोली चल्यो,एक सुरक्षाकर्मीको मृत्यु

ऐजेन्सी–भारतको उत्तर प्रदेशस्थित अयोध्यामा सशस्त्र सीमा बलका एक जवानको गोली लागेर मृत्यु भएको छ । उनलाई राम जन्मभूमि परिसरमा गोली लागेको थियो ।
अस्पतालले उनलाई मृत घोषीत भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको शव पोष्र्टमार्टमका लागि पठाइएको छ ।
यो घटना गएरातिको भएको बताइएको छ ।
मृतक जवान सत्रुधन विश्वकर्मा राम जन्मभूमिका सुरक्षामा खटिएका थिए । सुरक्षा अधिकारीहरुका अनुसार उनी आफैले बोकेको हतियार गल्तीवस पड्किएको थियो ।
आफैले बोकेको हतियारबाट घाइते विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

