गर्मीले बेहोस भए हवल्दार, भिडियो बनाइरहे इन्स्पेक्टर, ढिलाे हुँदा मृत्यु [भिडियो]


काठमाडाैं-भारतको उत्तर प्रदेशस्थित कानपुरको एउटा  भिडियो भाइरल भइरहेको छ । त्यहाँ एक हवल्दारको हिट स्ट्रोक(गर्मी)का कारण मृत्यु भएको थियाे । मृत्युअघि हवल्दार बेहाेस भइरहेकाे बेला एक इन्स्पेक्टरले उनको भिडियो रेकर्ड  गरेका थिए । साेही भिडियो  अहिले भाइरल भइरहेको छ ।

भिडियोमा प्रहरी जवान अचेत अवस्थामा रहेको र एक इन्स्पेक्टरले उनको भिडियो रेकर्ड गरिरहेको देखिन्छ । अस्पताल पुर्‍याउन ढिलो गरेकै कारण प्रहरी जवानको मृत्यु भएको बताइएकाे छ ।

हवल्दार बेहोस, इन्स्पेक्टरले  रेकर्ड गरे भिडियो
अहिले चर्को गर्मीका कारण सर्वसाधारण साँझसम्म घरबाट बाहिर निस्कन चाहँदैनन् । तर प्रहरी भने निरन्तर ड्युटी गरिरहेका छन् । कतिपय प्रहरी घण्टौं घाममा बसेर ड्युटी गर्न बाध्य छन् । कानपुरमा गर्मीका कारण एक जवान बेहोस भएका थिए ।

कानपुर प्रहरी लाइनमा कार्यरत हेड वल्दार ब्रिज किशोर सिंह झाँसीस्थित आफ्नो घर जाँदै थिए तर स्टेसनबाहिर उनलाई चक्कर आयो र बेहोस भए । हेड हवल्दार बेहोस भएको देखेर एक इन्स्पेक्टर उहाँकहाँ आएर उपचार गर्नुको सट्टा भिडियो बनाउन थाले । केही समयपछि अस्पताल पुर्याइएपछि उपचारकै क्रममा उनको मृत्यु भयो ।

सब इन्स्पेक्टरले अचेत हेड हवल्दारको भिडियो बनाइरहेका थिए भने अर्कैले सब इन्स्पेक्टरको भिडियो बनाएका थिए । अहिले साेही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रहरी अधिकारीले जारी गरेको विज्ञप्तिमा मृत्युको कारण गर्मी भएको बताइएको छ । पोष्टमार्टमपछि मात्र वास्तविक कारण खुल्नेछ ।

प्रतिक्रिया