सांसद चौधरीले मागे मन्त्री महासेठको राजीनामा


काठमाडौँ – नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन् ।

प्रतिनिधि सभामा विनियोजन शीर्षकमा जारी छलफलमा भाग लिँदै सप्तरी-४ बाट निर्वाचित सांसद चौधरीले आफ्नो क्षेत्रमा एक रुपैयाँ पनि नछुट्याएको भन्दै भौतिक मन्त्रीको राजीनामा मागेका हुन् ।

उनले भने, ‘ मेरो निर्वाचन क्षेत्र सप्तरी-४मा १ लाख त के ५० पैसा पनि बजेट विनियोजन भएको छैन । देशको समग्र भौतिक पूर्वाधारको जिम्मा नलिने मन्त्रीको के काम रु त्यसकारण म भौतिक मन्त्रीको राजीनामा माग गर्दछु।’

चौधरीले भौतिक मन्त्रीको आफूसँग के दुस्मनी छ भनेर पनि प्रश्न गरेका थिए ।

प्रतिक्रिया