भत्ताका लागि आन्दोलित संसद्का कर्मचारीले घेरे महासचिवको कार्यकक्ष


काठमाडाैं- अतिरिक्त कामको भत्ता माग्दै संघीय संसद्का कर्मचारीहरूले महासचिवको कार्यकक्ष घेर्दै डेढ घण्टा धर्ना दिएका छन् ।

संसद्का गत जेठ २९ गतेदेखि सभामुखलाई अतिरिक्त कामका लागि भत्तासहितका ११ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएर संघीय संसद् कर्मचारी युनियनको अगुवाइमा आन्दोलन थालेका थिए । कर्मचारीहरूले आन्दोलनका क्रममा हातमा कालोपट्टीसमेत बाँधेर विरोध जनाएका थिए।

कोरोना सुरु भएदेखि संघीय संसद्ले अतिरिक्त समय काम गरेबापत दिँदै आएको भत्ता समेत रोकिएको थियो । आगामी आर्थिक वर्षमा समेत त्यसका लागि बजेट सुनिश्चितता नभएपछि आन्दोलन गर्नुपरेको कर्मचारीहरूले बताएका छन् ।

संसद् सचिवालयका कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले साँझ ५ बजेसम्मको समय कुर्ने र माग पूरा नगरे बुधवारबाट १० देखि १२ बजेसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया