ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन


विराटनगर – मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ।

गाउँपालिका अध्यक्ष गच्छदार गत माघ महिनादेखि मस्तिष्कघात भई उपचाररत थिए। उनको उपचारकै क्रममा सोमबार निधन भएको कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले जानकारी दिए।

स्वर्गीय गच्छदारको अन्त्येष्टि आज गरिने छ। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया